AArya
RUMPUM
animated ellipse animated ellipse

पेरुमाथि कठिन जित निकाल्दै ब्राजिल लगातार दोस्रो पटक कोपा अमेरिका फुटबलको फाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ असार २०७८, मंगलवार ०७:३८
1.12k
Shares
विराटनगर / पेरुमाथि कठिन जित निकाल्दै आयोजक ब्राजिल लगातार दोस्रो पटक ४७ औँ संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज विहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १–० को गोल अन्तरले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो । अव ब्राजिलले उपाधिका लागि भोली हुने अर्जेन्टिना र कोलोम्विया विचको अन्तिम सेमिफाइनल खेलको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्ने छ ।

ब्राजिलको जितमा लुकास पाक्युटा नायक सावित भए । उनले गरेको एक मात्र गोलको मद्दतमा आयोजक ब्राजिल लगातार दोस्रो पटक कोपा अमेरिकाको फाइनलमा पुग्न सफल भयो ।

ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ३५ मिनेटमा पाक्युटाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले डिबक्स भित्र नेइमारले निकालेको पासमा गोल गरेका थिए ।

ब्राजिलले अघिल्लो संस्करण फाइनलमा पेरुलाई नै ३–१ को गोल अन्तरले पराजित गदै उपाधि जितेको थियो । यसै संस्करणको समूह चरणमा ब्राजिलले पेरुलाई ४–० ले पराजित गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर