खबर पूर्वाञ्चल
सोहि अवधिमा प्रदेश १ मा २७१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, ते¥हथुममा ४, इलाम र संखुवासभामा ३–३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा २७, इटहरीमा २५, रामधुनीमा ४, दुहवीमा ३, बर्जु र गढीमा १–१ र स्थानीय तह नखुलेका २, मोरङको विराटनगरमा ४०, केराबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, बेलबारीमा २, कटहरी, ग्रामथान, उर्लाबारी, मिक्लाजुङ र लेटाङमा १–१, झापाको दमकमा १७, भद्रपुर र मेचीनगरमा ५–५, कमल गाउँपालिकामा ४, विर्तामोडमा २ र शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि उदयपुरको त्रियुगामा १६, धनकुटाको धनकुटा नगरपालिकामा ६ र स्थानीय तह नखुलेका २, ते¥हथुमको लालीगुराँसमा ३ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ३, संखुवासभाको चैनपुरमा १ र स्थानीय तह नखुलेका २, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२ हजार ७२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ७२२ रहेको छ । प्रदेश १ मा आज ५७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ११४ महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या १२६१ पुगेको छ । जस्मा ३७९ महिला र ८८२ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा सवै भन्दा बढी सुनसरीका ७ जना संक्रमितको मृत्यु भएको छ भने मोरङका २ जनाको मृत्यु भएको छ । त्यस्तै झापा र प्रदेश १ बाहिर स्थायी घर भएका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।