खबर पूर्वाञ्चल
अस्पताल परिसरमा हस्तान्तरण कार्यक्रम आयोजना गरि समाजले आज लेबल २ को कम्प्लिट पीपीइ सेट २०० थान, १०० मिलिलिटरको स्यानिटाइजर ५०० बोतल, सर्जिकल मास्क १६ हजार २०० थान, एक्जामिनेसन ग्लोब्स ४ हजार २०० थान लगायत कुल ५ लाख २५ हजार बराबरको स्वास्थ्य सामाग्रीहरू अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा सहयोगी चर्चका पास्टर युवराज प्रधानले देशलाई खाँचो परेको बेला कोही चुप लागेर बस्न नसक्ने भन्दै आफ्नो चर्च समूहले चर्चमा संकलन भएको भेटी रकमहरू यतिखेर महामारीको सामना गर्नका लागि खर्च गरेको बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेशप्रसाद भट्टराईले इसाई समुदायद्वारा गरिएको यो ठूलो सहायताले केही समयका लागि पीपीइको खाँचो पूरा भएको बताउँदै अक्सिजन सिलिण्डरको भने अझै अभाव रहेको जानकारी दिए ।
हस्तान्तरण कार्यक्रमका प्रदेश १ नेपाली कांगेसका सचेतक केदार कार्कीले स–साना सामाग्रीहरू हस्तान्तरण गरि फोटो खिच्ने होडबाजी चलिरहेको बेला इसाई समाज विराटनगरले भने अस्पतालसँग समन्वय गरि खाँचो परेको सामान नै उपलब्ध गराएर महत्वपूर्ण कार्य गरेको बताए ।