खबर पूर्वाञ्चल
पछिल्लो २४ घण्टामा नेपालभर २०२८६ जनाको पीसीआर र ६९३ जनाको एन्टिजेनबाट स्वाब परीक्षण भएकोमा ८२०३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा ६८९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म ३ लाख ५२ हजार ४१४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालभर १९६ जनाको संक्रमणबाट मृत्यु भने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतकको कुल संख्या ५४११ पुगेको छ ।