AArya
RUMPUM
animated ellipse animated ellipse

बन्द भएको १४ महिनापछि कंन्चनजंगा पार्टी प्यालेस आफ्नै भवन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ बैशाख २०७८, बुधबार १७:२६
846
Shares
विराटनगर / बन्द भएको १४ महिनापछि पाञ्जाचाली सडकमा कंन्चनजंगा पार्टी प्यालेसको आफ्नै भवन सञ्चालनमा आएको छ ।

आज एक समारोह विच पार्टी प्यालेसको प्रदेश १ का उद्योग पर्यटन, वन तथा वातावरण राज्य मन्त्री राजकुमार ओझाले रिविन काटेर उद्घाटन गरे ।

यसअघि विराटनगर ११ मा भाडामा रहेको पार्टी प्यालेसले बन्द भएको १४ महिना पछि आफ्नै भवन निमार्ण गरि सरेको हो । साढे चार कठ्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधा सम्पन्न भवनको जग्गा सहित ८ करोडको लगानी गरेको जनाएको छ । कंन्चनजंगा पार्टी प्यालेसमा सेमिनार, गोष्ठी र विवाह पार्टीको लागि उपयुक्त हुने सभाहलहरू साइज अनुसारको बनाएको छ ।

अहिले दुई वटा सभाहल बनाइएको छ भने पाहुनाका लागि ३० कोठाको विद्युतीय भ¥याङ सहितको पाँच तल्ले भवन आगामी एक वर्षभित्र निर्माण गर्ने लक्ष्यले कार्य भैरहेको पार्टी प्यालेसका सञ्चालक भोला बरालले जानकारी दिए । ‘पाँच सय क्षमताको ठूलो सभाहल रहेको छ,’ सञ्चालक बरालले भने, ‘अर्काे मिनी हल पनि छ । त्यसमा १ सय ५० जना क्षमताको रहेको छ ।’ बन्न लागेको होटलमा एसीसहितको ३० वटा कोठा रहने छ । ‘होटलको कोठाहरू सुविधा सम्पन्न सबै एसी जडान हुने छ ’ उनले भने ।

नवनिर्मित भवन अपाङ्गता मैत्री निमार्ण गरिनेछ । ‘अपाङ्गगता भएका व्यक्तिहरूको सहजतालाई पनि ध्यानमा राखेर हामीले होटल बनाएका छौं,’ उनले भने, ‘सभा हलदेखि होटलका केठाहरूमा पुग्न सहजता होस भनेर अपाङ्गगता मैत्री रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर