खबर पूर्वाञ्चल
डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशमा ल्याएको कथाकार रिमालको पहिलो कथा संग्रह हो । विभिन्न ९ वटा शीर्षकमा रहेका कथाहरु समावेश भएको कथा संग्रहका विषयमा आर.सी. थपलिया, हिमराज अधिकारी, यर्जुवेदानन्दप्रसाद भट्टराई लगायतले चर्चा गरेका थिए ।
प्रदेश प्रमुख प्यासीले साहित्य मानव जीवनको सवैभन्दा सुन्दर पक्ष हो, साहित्य लोकोपकारको पक्षमा हुनुपर्छ । साहित्य देश, समाज, धर्म, परम्परा, रितीरिवाज, मनोविज्ञानसँग जोडिने भएकाले यो हामीभन्दा टाढा रहन नसक्ने र यस किसिमका साहित्यिक कृतिले समाज परिवर्तन तर्फ मुखरित हुनुपर्ने बताए ।
कथा संग्रहमा सामाजिक, राजनैतिक र माया प्रेमका विषयलाई कथाकारले विषयवस्तु बनाई प्रस्तुत गरेका छन् । डियर कल्याण साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष विनोद विवश घिमिरेको अध्यक्षतामा भएको लोकार्पण भएको थियो ।