खबर पूर्वाञ्चल
निर्वाञ्चन समितले आज दिउँसो अन्तिम नामावली सार्वजनिक गरेको हो । अध्यक्षमा २ जना सहित सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रीय परिषद सदस्य गरि ३९ जना उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको निर्वाञ्चन अधिकृत दिपक दाहालले जानकारी दिए । अध्यक्षमा सञ्जीव खनाल र शंकर खरेलको उम्मेदवारी परेको छ । खनाल प्रेस चौतारीको दुवै समुह र प्रेस मञ्च गठबन्धनको खरेल प्रेस सेन्टर र प्रेस युनियको साझा उम्मेदवारी दिएका छन् ।
उपाध्यक्षतर्फ प्रेस चौतारीको दुवै समुह र प्रेस मञ्च गठबन्धन सन्तोष सिग्देल र प्रेस सेन्टर र प्रेस युनिय गठबन्धन मोहन भट्टराईले दिएका छन् भने महिला उपाध्यक्षमा पनि ३ जनाको उम्मेदवारी परेको छ । जसमा उमा थापा पोखरेल, चिना थापा र तारा आचार्य रहेकी छिन् । उमा प्रेस सेन्टर र प्रेस युनिय गठबन्धनकी बागि उम्मेद्वार हुन भने आचार्य प्रेस सेन्टर र प्रेस युनिय गठबन्धन र चिना प्रेस चौतारीको दुवै समुह र प्रेस मञ्च गठबन्धनकी हुन् ।
यस्तै पत्रकार महासंघ मोरङ जिल्ला सचिवका लागी प्रेस चौतारीको दुवै समुह र प्रेस मञ्च गठबन्धनका नेत्र पी अधिकारी र प्रेस सेन्टर र प्रेस युनिय गठबन्धनका हरि अधिकारी गरि दुईजनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार खुल्ला सह–सचिवमा प्रेस चौतारीको दुवै समुह र प्रेस मञ्च गठबन्धनका दिनेश सुब्बा र प्रेस सेन्टर र प्रेस युनिय गठबन्धनका पर्शुराम निरौला (प्रशान्त), समावेशी सह–सचिवतर्फ प्रेस सेन्टर र प्रेस युनिय गठबन्धनका अनिल श्रेष्ठ , प्रेस चौतारीको दुवै समुह र प्रेस मञ्च गठबन्धनका खनेन्द्रकुमार राई (अर्जुन) र प्रेस सेन्टर र जितेन्द्रनारायण ठाकुर प्रेस युनिय गठबन्धनका बागि उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा प्रेस युनिय गठबन्धनका अभयकुमार राई र प्रेस चौतारीको दुवै समुह र प्रेस मञ्च गठबन्धनका चिरञ्जीवी (सुमन सुस्केरा) को उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै आगामी निर्वाचनका लागी ८ जना खुल्ला सदस्यको पदमा १५ जनाको उम्मेदवारी परेको छ । खुुल्ला सदस्यहरूमा एलिना दियाली, कैलाश चापागाँई, गोपाल पोखरेल, तेजन खड्का, दिलीपकुमार अग्रवाल, नवराज भट्टराई, विरेन्द्रकुमार शाह, भीमराज अधिकारी, मणिराम दाहाल, मनोजकुमार मेहता, राकेश कर्ण, सन्तोष गौतम, सन्दिप राई, सशांक पौडेल र सुरेश अधिकारीले उम्मेदवारी दिएका छन् ।
निर्वाचनका लागी १ जना महिला सदस्य र १ जना आदिवासी जनजाति पदका लागी २–२ जनाको उम्मेदवारी परेको छ । जसमा क्रमशः उषाकुमारी सरदार र राजकुमारी तामाङ तथा बबिता साम्पाङ राई र राजेशकुमार राजवंशी रहेकी छन् । यसैगरि मधेशी सदस्यमा पवनकुमार साह र मुकेश यादव तथा दलित सदस्यमा तिलक नेपाली र पदम कुमार सरदारले उम्मेदवारी दर्ता गराएका छन् । अन्य समावेशी सदस्य पदका लागी दिपा धिमाल र श्यामसुन्दर सुतिहार गरि २ जनाको उम्मेदवारी परेको छ ।
यस्तै ५ जना केन्द्रीय परिषद सदस्य पदका लागी २ महिला र ७ पुरुष गरि ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा अनन्तराज न्यौपाने, गणेश लम्साल, बिक्रम लुईटेल, भक्तशेर लिम्बु, महेन्द्र बिष्ट, मोहन भण्डारी, शंकर लुईटेल, शान्ति गौतम दाहाल र सिर्जना कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् । लिम्बु आदिवासी जनजाती कोटाबाट निर्विरोध निर्वाचित भएका छन् ।
यसका साथै १४ सदस्यीय प्रदेश परिषद सदस्य पदका लागी पनि २४ जनाको उम्मेदवारी परेको जनाईएको छ । जसमा अविनाश कुमार निधी, किशोर बुढाथोकी, किशोर विश्वकर्मा, किसान शाही, ज्योती चौहान, दिनेश कुमार पोखरेल, धनबहादुर बस्नेत, पुण्य प्रसाद अधिकारी, पुष्पराज थपलिया, प्रेम देवान, बाबुराम भण्डारी, विवेक मिश्र, वेदराज पौडेल, भुपेन्द्र तिम्सिना, भोजराज घिमिरे, मदन बाबु प्रसाँई, माधव अधिकारी, यज्ञराज अधिकारी, रबिन्द्र बराल, सन्तोष राई, सत्यनारायण शर्मा, सुमन घिमिरे, सुरेश कार्की र हरिहर नेपालले उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।