खबर पूर्वाञ्चल
मोरङ अदालतका न्यायधीश रोशनकुमार भट्टराईको इजालशले एजाजलाई पाँच लाख रुपैयाँ धरौटिमा छोडन आइतबार आदेश दिएका हुन् ।
अदालतले तोकेको धरौटि रकम बुझाएर एजाज रिहा भएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए।
मोरङ प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वविकलको कार्यालयमा अनुसन्धान प्रतिवेदन गत बिहीबार बुझाएको थियो । सरकारी वकिलको कार्यालयले एजाजसहित अन्य तीन जनालाई फरार प्रतिवादी बनाएर मोरङ अदालतमा शुक्रबार ‘अपराधिक लाभ लिएको’ मुद्दा दर्ता गरेको थियो ।
एजाजसँग मिलेर मिटरब्याजमा लगानी गरेको पैसाँ उठाउने विराटनगरका ९ का ३५ वर्षिय तनवीर खान, सोही ठाउँका ३५ वर्षिय युसुफ भनिने फाकिरा शेख र ३२ वर्षिय सावन दास फरार छन् । उनीहरूले एजाजमार्फत मिटरब्याजमा पैसा लगाउने र लगाएको पैसाँ असुल्न यातनासम्म दिने गरेको आरोप छ ।