खबर पूर्वाञ्चल
आज मोरङको रंगेली नगरपालिकाको आपतोलामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता कोराईलाले बताएका हुन् ।
नेता कोराईलाले संविधानमा नभएको अधिकार प्रयोग गरि प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले न्यायलयलाई धम्क्याउने गरेको आरोप समेत लगाएका छन् ।
‘ओलीले चालेको असंवैधानिक निर्णायको विरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दा बिचारधिनमा रहेको छ,’ उनले भने, ‘बिचारधिन मुद्दालाई लिएर प्रधानमन्त्री आलीले स्वतनत्र न्यायलाई आफनो प्रभावमा पर्न धम्क्याउने काम सुरू गर्नुभएको छ ।’ अहिलेको संविधानको कुनै पनि धारामा बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको भन्दै ओलीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रि र गैरराजैनितक भएको उनले बताए ।
‘संसद् विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी छ । त्यसैले प्रधानमन्त्रीजी सर्वोच्च अदालततर्फ फर्केर दबाबको भाषा नबोल्नुस्,’ उनले भने, ‘ यो बेला प्रधानमन्त्रीले सर्वोच्च अदालतको फैसला स्वीकार्न तयार छु भन्नुपर्ने हो । तर धम्कीको भाषा बोलिरहनुभएको छ ।’।
प्रधानमन्त्रीको गलत क्रियाकलाप विरुद्ध पूर्व प्रधानन्यायधीशहरूले निकालेको विज्ञाप्ती अहिलेको आवश्यकता भएको नेता कोराइलाले बताए । उनले पूर्व प्रधानन्यायीधहरूले स्तन्त्र नागरिकको हैसियले उनीहरूले बोल्न पाउने अधिकार भएको बताए ।
प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक, अराजनैतिक र अलोकतान्त्रिक भएकोले गलत निर्णाय सर्वोच्च अदालतले सच्याउने उनले बताए । संसद पुनःस्थापना बाहेक अरु कुनै विकल्प नभएको नेता कोइरालाले बताए । प्रधानमन्त्री ओलीले आफू सर्वेसर्वा हुन प्रयत्न गरिरहँदा सबै कुरा सहँदै जानु कांग्रेसको सबभन्दा ठूलो गल्ती भएको उनले बताए । नेता कोइरालाले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी संघीयता र गणतन्त्र विरोधी भएको पनि बताए ।