AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा २ सय ७ संक्रमित थपिए भने २ सय २ निको भए, सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ६८

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ मंसिर २०७७, बिहीबार १७:१२
549
Shares
विराटनगर / प्रदेश १ मा आज २ सय ७ जना कोरोना संक्रमित थपिएका छन् भने २ सय २ जना संक्रमित निको भएका छन् ।

मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना संक्रमित थपिए भने । होमआईसोलेसनबाट १ सय ९६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ३–३ जना निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा संक्रमितको संख्या २६ हजार ४ सय ५९ पुगेको छ भने निको भएर घर फर्किने संख्या २१ हजार ४ सय ९१ रहेका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ६८ रहेको छ ।

मोरङको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीमा २–२, रंगेली, पथरीशनिश्चरे, लेटाङ, ग्रामथान , कानेपोखरी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड र दमकमा १५–१५, अर्जुनधारामा ८, कनकाईमा ७, मेचीनगरमा ६, शिवसताक्षी र भद्रपुरमा ४–४, बुद्धशान्तिमा ३, कमल र झापा गाउँपालिकामा २–२, गौरादहमा १, सुनसरीको इटहरीमा १६, धरानमा १४, इनरुवामा ५, बर्जुमा २, दुहवी र हरिनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता इलामको सुर्योदयमा ६, इलाम नगरपालिकामा १, उदयपुरको चौदण्डीगढीमा ४ र त्रियुगामा १, पाँचथरको फिदिममा २, पाथीभरा याङवरकमा १, धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १, संखुवासभाको सभापोखरीमा १ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर