खबर पूर्वाञ्चल
नेपाल स्काउटको प्रधान कार्यलयले हालै गठन गरेको प्रदेश १ को तदर्थ समितप्रति आपति जनाउँदै मोरङका असन्तुष्टि पक्षले गडेरिको संयोजकत्वमा १३ जनाको संघर्ष समिति गठन गरेको हो । रवि खनालको संयोजकमा प्रदेश १ को तदर्थ समितिको चयन भएका थिए ।
संघर्ष समितिका संयोजक गडेरिले स्काउटको मर्म र पद्धति विपरित रहेको त्यसको सम्पूर्ण संरचनालाई ध्वस्त पार्न अभिपेरित गरेको आरोप लगाउँदै संघर्ष समिति गठन गरेको बताए ।
स्काउटमा देखिएको व्यक्तिवाद तथा राजनैतिकरणको विरोधमा संघर्ष समिति गठन गरिएको जनाइएको छ । समितिका सदस्यहरुमा नारायण खवास ,मनिष आचार्य ,अच्युत निरौला ,कविता राजवंशी,कृष्ण सहनी ,विजेश यादव ,नयनकुमार सरकार ,विवेक तिमसिना ,प्रवलदिप विश्वास ,प्रध्लाय राजवंशी ,रजनी सुब्बा रहेका छन् ।
जिल्ला स्काउट खारेज गर्दै प्रदेशस्तरीय तदर्थ समिति गठन भएपछि असन्तुष्टी जनाउँदै स्काउटरहरुले संघर्ष समिति गठन गरेका हन् । प्रदेशस्तरीय समितिमा , स्काउटको ज्ञान नभएकालाई समितिमा राखेको, स्काउटलाई राजनीतिक भागवण्डा गर्ने थलोका रुपमा विकास गरेकोलगायतका आरोप असन्तुष्ट स्काउटरले लगाएका छन् ।
संघर्ष समितिले छिट्टै नै जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकामा ज्ञापनपत्र बुझाउने तयारी गरेको संयोजक गडेरिले जानकारी दिए ।