खबर पूर्वाञ्चल
मोरङमा १ सय ९५, सुनसरीमा १ सय ७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को राजधानी विराटनगरमा १ सय २४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५६ महिला र ६८ पुरुष रहेका छन् । मोरङको सुन्दरहरैचा, उर्लाबारी र बुढीगंगामा १३/१३, बेलबारी र जहदामा ९-९, लेटाङमा ८, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा १/१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको धरानमा १ सय ९, इनरुवामा २९, इटहरीमा १५, रामधुनीमा ९, देवानगञ्ज र दुहवीमा २/२, बराहक्षेत्र र गढीमा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको विर्तामोडमा २३, दमकमा १३, भद्रपुर र कनकाईमा ७–७, मेचीनगरमा ६, कमल गाउँपालिकमा ४, अर्जुनधारामा ३, शिवसताक्षीमा २, गौरादह र हल्दिबारीमा १/१ र स्थानीय तह नखुलेका ५, संखुवासभाको मकालुमा ८, खाँदबारीमा ३, चैनपुरमा २, सभापोखरी र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । इलामको इलाममा ६, चुलाचुलीमा ३, खोटाङको खोटेहाङ र साकेलामा १/१ र स्थानीय तह नखुलेका २, भोजपुरको षडानन्दमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।