AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोना संक्रमणका कारण विराटनगरकी ६८ वर्षीया वृद्धाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ आश्विन २०७७, शनिबार ०९:३०
792
Shares
विराटनगर / कोरोना संक्रमणका कारण विराटनगरकी ६८ वर्षीया वृद्धा महिलाको आज बिहान कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–३ घर भएकी उनको उपचारका क्रममा उपचार केन्द्रमा बिहान २ बजेतिर मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । कोरोना पुष्टि भएसँगै स्वास्थ्य अवस्था खराब बनेकी उनलाई असोज ११ गते आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको जानकारी बस्नेतले दिए । गम्भीर अवस्थामा आइसोलेसनमा भर्ना गरेर तत्काल उपचार थालिए पनि वृद्धाको उपचार सफल हुन नसकेको केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताए ।

डा. दीपक सिग्देलका अनुसार वृद्धालाई पछिल्लो समय श्वासप्रश्वासको समस्या बढेको थियो भने शरीरमा अक्सिजनको मात्रा कम थियो । मृतकमा दम र खोकीको पुरानो समस्या रहेको डा.सिग्देलले बताए ।

विराटनगर ठेगाना लेखाएर भर्ना भएकी महिलाको घर भने झापाको दमक ७ रहेको आफन्तले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर