AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा २४ सहित प्रदेश १ मा थपिए ९१ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६ हजार नजिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ आश्विन २०७७, बुधबार १७:०८
441
Shares
विराटनगर / प्रदेश १ मा आज ९१ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ५० पुगेको छ ।

मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा थपिएको ४२ संक्रमित मध्ये विराटनगरमा मात्र २४ जना संक्रमित पुष्टि भएको छ । जस्मा ११ महिला १३ पुरुष रहेका छन् । त्यस्तै पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २४ महिला ७ पुरुष, दुहवीमा २ महिला २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, ते¥हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २७ जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आईसोलेसन विराटनगरबाट १३, मेची अस्पताल, झापाबाट ७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ५, कालि सदन आईसोलेसन विराटनगर र कोभिड १९ आईसोलेसन अस्पताल, गोठगाउँबाट १–१ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६१९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर