विराटनगर / मोरङमा कार्यरत सुरक्षाकर्मीहरुलाई कोभिड–१९ को सङक्रणबाट बचाउनका लागि नेपाल कम्यूनिस्ट पार्टी(नेकपा) मोरङले आज व्यक्तिगत सुरक्षा उपकरण (पिपीई) प्रदान गरेको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले एक सय थान पिपीई हस्तान्तरण गरे ।
प्रदान गरिएका पिपीईमा ५० थान सशस्त्र प्रहरी र ५० थान नेपाल प्रहरीमा अगाडि क्षेत्रमा कार्यरतहरुलाई सुरक्षाका लागि वितरण गरिने छ । सो अवसरमा प्रजिअ भुजेलले लकडाउन कार्यान्वयन गर्न २४ घण्टा कार्य गर्ने सुरक्षाकर्मीहरुलाई सङक्रमण सुरक्षित बनाउन उपकरणले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेकपाका जिल्ला अध्यक्ष पोखरेलले उच्च जोखिममा रही कार्य गर्नु परेका सुरक्षाकमीलाई पिपीई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पार्टीमा रहेका साथीहरुको क्रियाशिलताबाट सहयोग सम्भव भएको र आगामी दिनमा थप सुरक्षाका उपकरण प्रदान गर्ने समेत बताए ।
तपाईको प्रतिक्रिया