पूर्वाञ्चल खबर
एनसेल विराटनगर शाखाले प्रदेश १ का स्वास्थ्यकर्मीका लागि पुग्ने गरि आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सिमकार्ड उपलब्ध गराएको छ । ६ हजार ३ सय युरो सिम उपलब्ध गराएको एनसेल विराटनगर शाखाका प्रमुख चाँदबाबु इराकीले जानकारी दिए ।
कोरोना भाईरस (कोभिड) १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि सिमकार्ड उपलब्ध गराएको उनले बताए । उनका अनुसार सिमकार्डमा जेठ सम्मका लागि व्यालेन्स उपलब्ध गराइएको छ । स्वास्थ्यकर्मीलाई रिचार्ज गर्न समस्या नहोस् भनेर व्यालेन्स सहितको सिमकार्ड दिईएको उनले बताए । एनसेलबाट प्राप्त सिमकार्ड ग्रहण गर्दै मन्त्री घिमिरेले तीन दिन भित्रमा सवै स्वास्थ्य कार्यालयमा पुग्ने गरि सिम पठाईने बताए ।
स्वास्थ्य कार्यालय मार्फत वितरण हुनेगरि सिमकार्ड जिल्ला जिल्लामा पु¥याईने उनले बताए ।