नेपाल विजनेश कलेजले सुरु ग¥यो अनलाईन कक्षा

खबर पूर्वाञ्चल, ३० चैत्र २०७६, आईतवार १९:१६

विराटनगर / विराटनगर–११ स्थित लिंकन विश्व विद्यालयबाट सम्वन्धन प्राप्त नेपाल विजनेश कलेजले एमविए तथा विविएमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अनलाईन कक्षा सुरु गरेको छ ।

कलेजमा अध्ययनरत एमविए पहिलो सेमेस्टरदेखि तेस्रो सेमीस्टर तथा विविएको पहिलो, तेस्रो, पाँचौं र सातौ सेमेस्टरमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको हितलाई ध्यानमा राखी सो अनलाईन कक्षा सञ्चालनमा रहेको कलेजले जनाएको छ ।

कलेजले प्रत्येक दिन विहान ७ बजे देखि बेलुका ५ बजे सम्म एमविए  तथा विहान ७ः३० बजे देखि बेलुका साढे ५ बजेसम्म विविएको कक्षा सञ्चालन भई रहेको जनाएको छ ।

कोभिड–१९ को कारणले देशमा लकडाउन भई रहेको अवस्थामा कलेजमा अध्ययनरत स्थानिय तथा विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरुलाई कलेजमा कक्षा सञ्चालन गर्न सम्भव नभएपछि घरमा बसेका विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन लाभ लिने कलेजका प्रवन्धक दिपक कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५