RUMPUM
animated ellipse animated ellipse

कक्षा १२ र ११ को परीक्षा स्थगित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ चैत्र २०७६, मंगलवार १९:१०
3
Shares
काठमाण्डौं / कक्षा १२ र ११ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज दिउँसो बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परिक्षा स्थगित गरेको हो ।

कोरोना भाइरसका कारण देश बन्दाबन्दीमा रहेकोले तत्कालका लागि परीक्षा तालिका स्थगित गर्ने निर्णय भएको बोर्डले जनाएको छ । सरकारले बन्दाबन्दी खोलेपछि मात्र अर्को सूचना जारी हुने बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताए । बोर्डले आगामी वैशाख आठ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो ।

कक्षा ११ र १२ मा करिब नौ लाख ६२ हजार परीक्षार्थी रहेका छन् । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई परिक्षा पनि रोकिएको छ । चार लाख ६२ हजार विद्यार्थी एसईईको तयारीमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर