विद्यार्थीलाई तालिम र रोजगारी दिन विराटनगरको मेरिल्याण्ड कलेज र सानिमा बैंकबीच सहमति

खबर पूर्वाञ्चल, २ चैत्र २०७६, आईतवार १७:२६

विराटनगर / विराटनगरको इनोभेट नेपाल ग्रुप अन्तर्गतको मेरिल्याण्ड कलेज विराटनगर र सानिमा बैंक लिमिटेडले एक कार्यक्रम बीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको विविएम कोर्ष सञ्चालन गरिरहेको कलेज र सानिमा बैंकबीच कलेजका विद्यार्थीलाई इन्टर्नशीप तथा प्लेसमेन्ट,बैंकिंङ समन्धी विभिन्न तालिम दिनेलगायतका बुदामा सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।

सानिमा बैंकका तर्फबाट विराटनगरका सहायक ब्राञ्च प्रबन्धक गायत्रीप्रसाद सुबेदी र रिलेसनशिप अफिसर अभिषेक शर्मा र कलेजको तर्फबाट प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्ले र विजनेस डेभलपमेन्ट प्रमुख विविक दाहालले हस्ताक्षर गरेका थिए ।

कलेजका विद्यार्थीहरुलाई पढाइ संगसंगै विश्वभर ठुलो सम्भावना बोकेको बैंकिंङ समन्धी जानकार बनाउने उदेश्यले उक्त सहमतिपत्रमा हस्ताक्षर गरिएको कलेजका कार्यकारी वाग्लेले बताए । कलेजले उद्योग संगठन मोरङसंग पनि रोजगारी तथा बिभिन्न तालिमको लागि सहमति गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५