पूर्वाञ्चल खबर
संखुवासभा / संखुवासभाको चिचिला गाउँपालिका वडा नम्वर १ कुवापानी स्थित खाँदबारी नुम सडक खण्डमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
आज खाँदबारीबाट नुमतर्फ सामान बोकेर जादै गरेको ग १ त ४१६४ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १ सय मिटर तल खस्दा ट्याक्टर चालक संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्वर ५ का २१ -२२ वर्षिय मनोज तामाङको घटना स्थलमा नै मृत्यु भएको थियो ।
घटनाबारेमा जानकारी पाउनासाथ घटनास्थलको सम्पुर्ण कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमकोलागी जिल्ला अस्पताल खाँदवारी संखुवासभातर्फ ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।