पूर्वाञ्चल खबर
विराटनगर / वाल दिवसको अवसर पारेर लायन्स क्लब अफ विराटनगर एलिट र विराटनगर स्थित किड्जी प्रि स्कूलले संयुक्त रुपमा विराटनगरका विभिन्न दुई समुदायक विद्यालयका आधारभुत तहमा अध्ययनरत वालवालिकालाई सैक्षिक सामाग्री र छात्रबृत्ति प्रदान गरेको छ । सो क्लब र स्कूलले संयुक्त रुपमा विराटनगर–१ स्थित सयपत्री आधारभुत र विराट महेन्द्र रात्री माध्यामिक विद्यालयमा अध्ययनरत वालवालिकालाई शैक्षिक सामाग्री वितरण र जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको हो ।
सयपत्री आधारभुत विद्यालयमा अध्ययनरत ६५ जना वालवालिकालाई किताव, कपि, पेन्सिललगायतका शैक्षिक सामाग्री वितरण गरेको हो । सो अवसरमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए वानका सेकेण्ड भाइस डिस्ड्रक्ट गभर्नर रेवतबहादुर कार्कीलेलायन्स क्लबहरुमा आवद्धलायनहरुले आफ्नो निजि खर्चमा श्रोत साधन जुटाएर समाज सेवामा लाग्दै आएको बताए । उनले लायन्स क्लब विश्वमै समाजसेवाका क्षेत्रमा अग्रणी संस्था रहेको बताउँदै विराटनगरमा मात्र ४५ वटा क्लबहरु मार्फत नियमित सामाजिक कार्यहरु हुँदै आएको बताए । सेकेण्ड भाइस डिस्ड्रक्ट गभर्नर कार्कीले विराटनगरकै उत्कृष्ट किड्जी प्रि स्कूलले लायन्स क्लबसँग मिलेर आफ्ना विद्यार्थीहरुलाई समेत सामुदायीक विद्यालयमा ल्याएर वाल दिवस मनाउनुका साथै शैक्षिक सामाग्री वितरण गरेर सामाजिक कार्य गरेकोमा प्रसंसा व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छत्रबहादुर कटुवालले महानगरपालिका भित्र रहेपनि सो विद्यालय पछाडी पर्दै आएकाले लायन्स क्लबले अध्ययनरत वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरेकोमा अभार प्रकट गरे । उनले सो विद्यालयमा अध्ययनरत वालवालिकाहरु पारिवारिक आर्थिक अवस्थाकै कारण विद्यालयमा नियमित उपस्थि हुन नसकेकाले आगामी दिनमा विद्यालय र विद्यार्थीका लागि निरन्तर सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा लायन्स क्लब अफ विराटनगर एलिटकी अध्यक्ष शोविका पाण्डेले आफु लगायत किड्जी प्रि स्कूल, क्लबका सदस्यहरुको निजि खर्चमा शैक्षिक सामाग्री र विद्यार्थीहरुलाई १ वर्षको खाजा खर्च उपलब्ध गराएको जानकारी दिइन् । उनले आगामी दिनमा पनि सो विद्यालयमा विभिन्न सहयोग गर्ने प्रतिवद्धता जनाइन् । वालदिवसका अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा सो विद्यालयमा र किड्जी प्रि स्कूलमा अध्ययनरत वालवालिकाहरुले वाल गित गाएर मनोरञ्जन समेत गरेका थिए ।
विद्यार्थीहरुलाई व्यवहारिक र प्रयोगात्मक ज्ञान दिँदै आएको किड्जी प्रि स्कूलका विद्यार्थी आफैले सयपत्रि आधारभुत विद्यालयका कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई चकलेट, फ्रुटीलागायतका खानेकुरा वितरण गरेका थिए ।
विद्यार्थीहरुमा सानैदेखि सामाजिक कार्य गर्न र सँधै बाँडेर खानुपर्छ भन्ने मान्यताको विकास गर्नका लागि आफैँ वितरण गर्न लगाएको किड्जी प्रि स्कुलका सञ्चालन सर्वजीतराज पाण्डेले जानकारी दिए । सो अबसरमा विद्यार्थीहरुका लागि खाजको समेत व्यवस्था गरिएको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए वान जोन १८ का जोन चियर पर्सन रमेश खत्रि, क्लकी प्रथम उपाध्यक्ष अनुराधा थापा, सचिव प्रेरणा जोशि, कोषध्यक्ष मोना गोयल लगायतको उपस्थिती रहेको थियो । त्यसैगरि वाल दिवसकै अवसरमा आइतबारनै सो क्लब र स्कूलले विराटनगर शनिहाट स्थित विराट महेन्द्र रात्री माध्यामिक विद्यालयको आधारभुत तहमा अध्ययनरत ३५ जना वालवालिकालाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै जेहेन्दार २ विद्यार्थीलाई १ वर्षको छात्रबृत्ति समेत प्रदान गरेको छ ।
शैक्षिक समाग्री र छात्रबृति विराटनगर महानगरपालिकाका मेयर भीम पराजु्लीले वितरण गरे । सो अबसरमा बोल्दै मेयर पराजुलीले शैक्षिक सामाग्री र छात्रबृत्ति वितरण गरेर लायन्स क्लब अफ विराटनगर एलिट तथा किड्जी स्कूलले उदाहरणीय कार्य गरेको भन्दै प्रसंसा गरे । सो छात्रबृत्ति श्यामादेखि पाण्डेले आफ्ना स्वर्गीय पति श्यामराज पाण्डे र मनोजराज पाण्डेले आफ्ना स्वर्गीय पिता मोहनराज पाण्डेको सम्झनामा क्लब मार्फत १ वर्षको सवै खर्च व्यहोर्ने गरि छात्रबृति वितरण गरिएको क्लबकी अध्यक्ष पाण्डेले जानकारी दिइन् ।
कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए वान जोन १८ का जोन चियर पर्सन रमेश खत्रिले लायन्स क्लबहरु निरन्तर समाजसेवामा सकृय रहेको बताए । उनले दुर दराजका क्षेत्रहरुमा पनि पुगेर लायन्सले विभिन्न सामाजिक कार्य गर्दै आएको बताउँदै क्लबमा आवद्ध सदस्यहरुले निजि खर्चमा स्वत स्फुर्त रुपमा सामाजिक काममा अग्रसर हुँदै आएको बताए । सो अबसरमा विद्यालयकी प्रधानाध्यापक दुर्गा निरौलाले निजि प्रि स्कुललका विद्यार्थीहरुलाई समेत ल्याएर शैक्षिक सामाग्री वितरण र छात्रबृत्ति प्रदान गरेर विद्यार्थीहरुमा एक आपसमा अन्तरघुलनको अवसर जुटाएर उदाहरणीय कार्य गरेको बताइन् ।
कार्यक्रममा क्लबकी अध्यक्ष शोविका पाण्डेले आधारभुत तहमा अध्ययनरत ३५ जना वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको जानकारी दिइन् । उनले उनीहरुको १ वर्षको खाजा खर्चका साथै २ जना जेहेन्दार विद्यार्थीलाई १ वर्षको पोसाक, खाजा, किताव कपीलगायत सम्पूर्ण खर्च आफुहरुले व्यहोर्ने समेत बताइन् ।