पूर्वाञ्चल खबर
मोरङको लेटाङ नगरपालिका ३ स्थित त्रिशुली चोक घर भएका १५ वर्षीय सौजन राईको ज्यान गएको हो ।
आज बिहानको १ बजेको समयमा राईलाई करेन्ट लागेको थियो । छिमेकी साथी सौजन राईको घरमा उनी सुत्न भनि गएका थिए । उनीहरुले मोवाइलमा भिडियो गेम खेलेका थिए । सौजन राईले मोवाइल चार्जमा राखेर चलाइरहेको बेला छट्पटाएपछि सुरज उठेर अभिभावकलाई बोलाउँदा करेन्ट लागेको खुलेको थियो ।
घटनालगत्तै उनीहरुले प्रहरीलाई खबर गरका थिए । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीको टोलीले घटनास्थलमा पुगी थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।