CLASSICTECH NET

वर्डलिंकको अफरै अफर

खबर पूर्वाञ्चल, ११ श्रावण २०७६, शनिबार २०:४४

विराटनगर / आफ्ना ग्राहकहरुको इच्छा र चाहानलाई ध्यानमा राख्दै वर्डलिंक कम्युनिकेशनस् लिमिटेडले ‘अव हरेक टिभीमा यूट्यूब’ नामक नयाँ प्रोडक्ट अफर सार्वजनिक गरेको छ ।

नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक वल्र्डलिंकले टिभीको पर्दामै युट्युब हेर्न सकिनेगरी अफर ल्याएको कम्पनीको विराटनगर शाखाका फाइबर नेटवर्क इञ्चार्ज केशवकुमार दासले दानकारी दिए। यो सेवा अन्तर्गत वल्र्डलिंकका नेटटिभीको प्रयोगकर्ताहरुले आफ्नो टिभीमै यूट्युब सञ्चालन गर्न सक्नेछन् । यो सुविधा स्र्माट टिभीमा मात्र नभई सिआरटी टिभीमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

हाल नेटटिभीले आफ्ना ग्राहकवर्गहरुका लागि ८० भन्दा बढी एचडी च्यानलहरु प्रदान गरिरहेको छ । अव नेटटिभी प्रयोगकर्ताहरुले नियमित टिभी च्यानल कन्टेन्ट मात्र नभई आफूलाई मनपर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झटबिना यूट्युबमार्फत हेर्न सक्दछन् । यो सुविधा प्रयोगकर्ताहरुले यूट्यूब स्क्रीन लाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्नेछन् ।

नेटटिभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुने वर्डलिंक विराटनगरका शाखा प्रमुख प्रेमप्रसाद घिमिरेले बताए ।

पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वल्र्डलिंकको शाखा भ्रमण गरेर साट्नसक्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५