CLASSICTECH NET

क्लासिक टेकले ल्यायो ४७१ रुपैयाँमा ५० एमविपीएस स्पीडको सेवा

खबर पूर्वाञ्चल, ६ श्रावण २०७६, सोमबार २०:३३

विराटनगर / नेपालमा इन्टरनेट सेवा सुरु गरेको दशौ बार्षिक उत्सवकोे उपलक्ष्यमा क्लासिक टेक प्रा. लि. ले ४७१ रुपैयाँमा प्रति महिनाको दरमा ५० एमविपीएस स्पीडको सेवा बजारमा ल्याएको छ ।

एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्धसम्म गराउने भएको कम्पनीले जानकारी गराएको छ ।
विश्वकै उत्कृष्ट जीपीओन प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै यस संस्थाले नेपालको विभिन्न मुख्य सहरहरुमा सेवा उपलब्ध गराईसकेको छ भने नेपालको ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरेको क्लासिक टेक २१ वटा भन्दा बढी शाखाको स्थापना गरि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको क्लासिक टेकले जनाएको छ ।

यस कम्पनीसँग हाल एक सय जीवीपीएसको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ । साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ । सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम रहेको क्लासिक टेकले जनाएको छ ।

प्रतिक्रियाहरु

  1. Bishwas kharel लेख्नुहुन्छ

    Bharatpur…
    near jeams world fun park area ma fiber cable pugya roina xa koila samma pugxa hola

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५