पूर्वाञ्चल खबर
विराटनगर/ भारतीय शैक्षिक मेला २०१९ सोमबारदेखि विराटनगरस्थित नमस्कार होटलमा सुरु हुदैछ ।
सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेड’ को आयोजनामा हुने दुई दिने शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
काठमाण्डौमा शैक्षिक मेला सम्पन्न भएपछि विराटनगरमा हुन लागेको सेप इभेन्टस एण्ड मिडिया प्रा.लि. का निर्देशक संन्जय थापाले बताए । शैक्षिक मेलामा भारतका नाम चलेका करिब ३० वटा विश्वविद्यालय सहित एक प्रतिनिधि मण्डलका सदस्यहरूको सहभागि रहनेछ ।
शैक्षिक मेलामा एसआरएम, भिआइटी, एमिटी, अमृता, जैन, किट शारदा जस्ता धेरै नाम चलेका शैक्षिक संस्था मेलामा आउने निर्देशक थापाले बताए ।
‘सेप भारतीय शैक्षिक मेला’ भारतमा सबैभन्दा बढी रूचाएको शैक्षिक मेला रहेको उनले बताए । ‘यो शैक्षिक मेला नेपालमा आयोजना हुने सबैभनदा पुरानो शैक्षिक मेला हो, उनले भने, ‘हामीले नेपालमा विगत १३ वर्षदेखि लगातार नेपाली विद्यार्थी र अभिभावकप्रति गुणस्तरीय शिक्षाको बारेमा बुझाउन सफल भएका छौं ।’ मेलामा करिब २ हजार विद्यार्थीको सहभागि हुने बताइएको छ । ‘मेरो उद्देश्य विद्यार्थीलाई प्रत्यक्ष कलेज प्रशासनसँग सही र उचितको मार्गदर्शन गराउन चाहन्छु । यो भारतीय शैक्षिक मेलाले नेपाली युवाहरूलाई भारतमा राम्रो अवसर प्रदान गर्न सक्छ,’ उनले भने ।
शैक्षिक मेलामा बाल गायक प्रितम आउने

विराटनगरमा हुने भारतीय शैक्षिक मेलामा बाल गायक प्रितम आचार्य आउने भएका छन् । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा हुने शैक्षिक मेलामा गायक आचार्यलाई सम्मान पनि गरिने भएको छ । गीत संगीतको क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च कदर सम्मान गरिने भएको सेप इभेन्ट एण्ड मिडियाका निर्देशक थापाले बताए । रियालिटी शो ‘सारेगमप लिटल च्याम्स २०१९’ मा सेकेण्ड रनरअप भएका आचार्यले मेलामा आफ्नो प्रस्तुती पनि दिइने बताइएको छ ।