पूर्वाञ्चल खबर
विराटनगर / इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ३ सय ३७ रनको विशाल लक्ष्य दिएको छ ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाई ३ सय ३६ रनको स्कोर खडा गरेको थियो ।
भारतकालागि रोहित शर्माले सतक प्रहार गरे । राहितले १ सय ४० रनको पारी खेले । उनले १ सय १३ बलमा ३ छक्का र १४ चौका प्रहार गदै उक्त रन जोडेका थिए । त्यस्तै कप्तान विराट कोइलीले ७७ रन बनाएँदा केएल राहुलले ५७ रन, हार्दिक पाण्डेयले २५ रन र महेन्द्रसिंह धानीले १ रन बाउँदै आउट भए । त्यस्तै विजय शैकर १५ रन र केदार जादव ९ रनमा अविजित रहे । पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिँदा हसन अली र वाहाद रिआजले १–१ विकेट लिए ।
विश्वकप क्रिकेटमा यी दुई देशविच भएको ६ खेलमा भारतले सवै खेलमा अपराजित यात्रामा रहेको छ भने पाकिस्तानको विश्वकपमा भारतलाई पहिलो जित हार्दै विश्वकपमा भारतको अपराजित यात्रा तोड्ने तरखरमा छ ।