CLASSICTECH NET

दुर्गम क्षेत्रमा सेवा प¥याउन मुख्यमन्त्री राईले गरे आग्रह

खबर पूर्वाञ्चल, २४ जेष्ठ २०७६, शुक्रबार २१:०२
फाइल तस्वीर

विराटनगर / नेपाल दूर सञ्चार संस्थानले दुर्गम क्षेत्रका जनतामा सेवा पु¥याउने पर्ने प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जोड दिए ।

आज विराटनगरमा नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठन(आधिकारिक ट्र्ेड यूनियन) क्षेत्रीय समितिको एकता अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले जनतालाई विश्वको नविन प्रविधिको प्रयोग गरी गुणस्तरी सेवा प्रदान गरेमा मात्र प्रतिस्पधा अव्वल हुने बताए ।

संस्थानले सेवाग्राहिप्रति उत्तरदायि भई संस्थाभित्रको विसंगति विकृति हटाई सुशासन कायम गरी सेवा प्रभाव गर्नुपर्ने कार्यमा जोड दिदै मुख्यमन्त्री राईले सगरमाथा, मकालु कञ्जनजंघा हिमालको फेदीसम्ममा आफ्नो सेवा विस्तार गर्न संस्थालाई आग्रह समेत गरे ।

प्रदेशले हिजो मात्र आफ्नो निति कार्यक्रमा कृषिलाई उच्च प्राथमिकता दिई पर्यटन पूर्वाधारमा जनतालाई जोडि रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ कार्य शुरु गरेको वताउदै मुख्यमन्त्री राईले कृषि उत्पादन वृद्धि गरी खाद्यान्नमा आत्म निर्भर वनाउँन आवश्यक सहयोग प्रदेश सरकारले प्रदान गर्ने वताए ।

मुख्यमन्त्री राईले संघ, प्रदेश र स्थानीय निकायको एउटै लक्ष्य देश विकास गरी समद्ध नेपाल शुखी नेपालीको नारालाई सफल पार्न सहकार्य र हातेमालो गरी हिडनु आजको आवश्यत्तता भएको बताए ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५