CLASSICTECH NET

सहकारी सञ्चालकहरुका लागि तालिम

खबर पूर्वाञ्चल, १९ चैत्र २०७५, मंगलवार २०:५३

विराटनगर / सहकारी सञ्चालकहरुको क्षमता अभिवृद्धिका लागि मोरङको ग्रामथान–२ मा दुईदिने तालिमको आयोजना गरिएको छ ।

सौजन्य बचत तथा ऋण सहकारी सहकारी संस्था लिमिटेड(साकोस) को आयोजनामा ‘दिगो विकासका लागि सहकारी’ भन्ने मूल नाराका साथ क्षमता र विकास तालिम तालिम सम्पन्न भएको हो । ग्रामथान–२ पिडारबनीस्थित जुनेली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभा हलमा सम्पन्न तालिममा प्रशिक्षक हरिबहादुर खत्रीले प्रशिक्षण दिएका थिए ।

सौजन्य सहकारीका शिक्षा समिति संयोजक दशनलाल माझी, सौजन्यका अध्यक्ष हरिनारायण चौधरी, लेखा संयोजक संजयकुमार मण्डल, ग्रामथान सहकारी सञ्जालका संयोजक विजय सरदार, संस्थाका बरिष्ठ सहायक विजय सरदारलगायतले सहकारीको महत्वका विषयमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५