अन्तराष्ट्रिय महोत्सव ‘क्याप ईण्डिया २०१९’ मा मोरङ व्यापार संघका चार कार्यसमिति छनोट

खबर पूर्वाञ्चल, १२ चैत्र २०७५, मंगलवार २१:३७

विराटनगर / भारत सरकार वाणिज्य तथा उद्योग मन्त्रालयको संरक्षण र भारतका विभिन्न चार परिषद्हरु, केमेक्सील, प्लेक्सकोन्सील, क्यापेक्सील र सेफेक्सील,ले यस पटक आयोजना गरेको चौथो संस्करणको अन्तर्राष्ट्रिय महोत्सव, ‘क्याप इण्डिया २०१९’ मा मोरङ व्यापार संघका कार्यसमिति चार जना छनोट भएका छन् ।

भारत सरकारले विश्वभरका उद्यमी व्यवसायीहरुलाई एउटै छानामुनी समावेश गराउने उद्देश्यले आजदेखि मुम्बईमा उच्चस्तरीय अन्तर्राष्ट्रिय महोत्सवमा सँघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, महासचिव नविन रिजाल, सचिव अनिल साह र का.का. सदस्य देवाशिष गोल्छा छनोट भएका छन् । विश्वभरका विभिन्न ३८ मुलुकहरुबाट उद्यमी व्यवसायीहरुलाई छनोट गर्ने क्रममा नेपालबाट १० जना उद्योगी व्यवसायीहरु छनोट गरिएका थिए । विश्वकै उच्चस्तरीय अन्तर्राष्ट्रिय महोत्सवको रुपमा आयोजना हुने गरेको क्याप ईण्डीया महोत्सवले नेपालको तर्फबाट मोरङ व्यापार संघका कार्यसमिति सदस्यहरुलाई सहभागी गराएकोमा संघको गरिमा अझ उच्च भएको संघका वरिष्ठ उपाध्यक्ष मुन्दडा बताए ।

यस अघि भारतको जोधपुरमा आयोजित बृहत औद्योगिक व्यापारिक महोत्सव, ‘माहेश्वरी ग्लोबल एक्सपो’ ले यस संघका अध्यक्ष पवनकुमार सारडालाई प्रतिभा सम्मानले सम्मानित गरेको थियो ।

चौथो संस्करणको क्याप ईण्डीया २०१९मा रसायनिक, प्लाष्टिक, निर्माणजन्य, उत्खन्न, वनजन्य तथा दैनिक उपभोग्य वस्तु आदिसँग सम्बन्धित उत्पादनहरु एवं मेशिनरी सामानहरुको व्यापक प्रदर्शनी हुने भएको छ । महोत्वव विहिबारसम्म हुने छ ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५