प्रदेशका सवै जिल्लाबाट हवाई उडान सञ्चालन हुने– मन्त्री कुसियत

खबर पूर्वाञ्चल, २ चैत्र २०७५, शनिबार १९:४७

विराटनगर / विराटनगरवाट प्रदेशमा रहेका १४ वटा विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको प्रदेश १ का उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले वताउक्ँ छन् ।

आज विराटनगरमा भएको नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट(नाटा)को ८ औं प्रदेशस्तरीय वार्षिक साधारण सभामा बोल्दै उनले प्रदेशका पहाडी जिल्लामा हवाई उडानका लागि संघीय सरकारका साथै निजी वायुसेवाहरुलाई अनुरोध गरिएकोले चाँडै सञ्चालन भई स्वदेशी तथा विदेशी पर्यटकको आगमन वृद्धि हुने बताए ।

प्रदेशस्तरीय पर्यटन विधेयक ऐन–२०७५ प्रदेश सभामा दर्ता भई यसवाट पर्यटन व्यवसायीका समस्या समाधान हुने वताउँदै मन्त्री कुसियतले पर्यटक नगरको रुपमा इलाम धनकुटा र खुम्वुलाई कायम गरी ५०/५० लाख वजेट विनियोजन गरिएको बताए ।

मन्त्री कुसियतले पर्यटकको वसाई ६ देखि ७ दिनसम्म लम्वाउनका र यस क्षेत्रकाका जनताको आर्थिकस्तर वृद्धिका लागि विराटनगर – वुर्जुताल(१ सय ५३ विघा क्षेत्रफल)–इनरुवा– रामधुनी– चतराधाम– वराहक्षेत्र–धरान र इटहरीको तालतलैयासम्मका लागि सडक सर्कीट निर्माण गर्न ४० लाख वजेट विनियोजन गरेको समेत वताए ।

प्रदेशका उद्योग, पर्यटन , वन तथा वातावरण सचिव बद्रिराज ढुंङ्गानाले पर्यटन क्षेत्र सम्वेदनशील व्यवसाय भएकोले तेश्रो मुलुक मात्र होइन छिमेकी देशका नागरिकलाई अतिथिरुपमा सम्मानजनक आदरसत्कार गर्नुपर्नेमा जोड दिदै पर्यटकीय क्षेत्रको स्तरउन्नति पूर्वाधार निर्माण, पदयात्रा मार्ग र सूचना केन्द्रका लागि प्रदेश सरकारले रु १५ करोड वजेट निकाशा गरेको बताए ।

नाटाका प्रदेश अध्यक्ष भूपालराज श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नाटाका प्रदेश महासचिव नविन खरेल, प्रथम उपाध्यक्ष अच्यूत गरागाई,प्रदेश सचिव पुण्य भट्टराई,पर्यटन व्यवसायीहरु रेवतवहादुर थापा, भविषकुमार श्रेष्ठ, पत्रकार महासंघ मोरङमा अध्यक्ष बन्धु पोखरेल र गण्डकी प्रदेश उपाध्यक्ष सञ्जयकान्त सिग्देलले विराटनगर, धरान, काँकरभिट्टावाट पोखरा पर्यटकीय वस सञ्चालन तथा पूर्वकोे पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने वताए ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५