RUMPUM
animated ellipse animated ellipse

संविधानले दिएको अधिकार कसैले पनि खोस्न सक्दैन – नेता खनाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ फाल्गुन २०७५, शनिबार २०:५१
3
Shares
फाइल तस्वीर

विराटनगर / सरकारको कामकारवाहीप्रति असन्तुष्ट हुनु पर्ने कारण नरहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले बताए ।

विराटनगर विमान स्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खनाले सरकारले अवतीव्र गतिमा काम गर्ने कुरामा ढुक्क हुन आग्रहसमेत गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेताल खनालले संविधानले दिएको अधिकार कसैले पनि खोस्न नसक्ने जिकिर गर्दै सरकारले आफ्ना काम कारवाहीलाई प्रभावकारी ढंगले सञ्चालन गर्नुु पर्नेमा कुरा जोड दिए ।

मुलुकको परिस्थितिमा कुनै पनि गडबढी हुने संकेत नदेखेको प्रष्ट पार्दै नेता खनालले संघीयताको पहिलो अनुभवमा कानूनहरु बनाउनु पर्ने भएकाले सरकारको कामकारवाहीमा केही ढिलाई भएको बताए ।

पार्टी एकीकरण अविलम्व हुने भन्दै समाजिक सञ्जालमा अराजकता बढ्न नदिन नियमन गर्नु पर्ने अवस्था सिर्जना भएको नेता खनालले बताए ।

वर्तमान मन्त्री मण्डल पुर्नगठन हुने कुनै एजेण्डा नभएको वताउँदै नेता खनालले पदमा रहेका पदाधिकारीहरुलाई पार्टीको जिम्मेवारी दिने सम्बन्धमा छलफल चलिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर