AArya
RUMPUM
animated ellipse animated ellipse

लागूऔषध सहित ७ पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ माघ २०७५, मंगलवार १७:५६
3
Shares

विराटनगर / प्रतिबन्धित लागूऔषधसहित प्रहरीले आज ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनरुहरुलाई सुनसरी, मोरङ र झापा पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लागूऔषध खैरो हेरोईन सहित सुनसरीको धरान उपमहानगरपालिका ६ पानबारी स्थित स्कूल डाँडाबाट ३ जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी चौकी पानमाराबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा को १ प ९९३६ र को २५ प ९५०९ नम्बरको मोटरसाईकलमा सवार सोही स्थान का २९ वर्षिय निराजन मगरको साथबाट ८ सय २० मिलि ग्राम लागूऔषध खैरो हेरोईन बरामद गरेको हो । मगरसंगै मोटरसाईकलमा सवार सोही स्थानका २९ वर्षिय शुसन मगर र धरान १५ विशाल चौकका २४ वर्षिय सन्जोग थापालाई समेत नियन्त्रणमा लिईएको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले आजै धरान उपमहानगरपालिका १८ शिवजी मार्गका २२ बस्ने सुनिल साहीलाई लागूऔषध डाईजेल्याप २८ एम्पुल, एभिल २८ एम्पुल र लुपिजेसिक २८ एम्पुलसहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिका १५ भन्सार कार्यालयको २ नम्बर ढाटबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित काठमाण्डौ महानगरपालिका ३३ बानेश्वर का १८ वर्षिय विशाल थापालाई आज दिउँसो पक्राउ गरेको हो । थापालाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध एभिल २० एम्पुल, डाईजेल्याब २० एम्पुल र नुफिन २० एम्पुल फेला पारी बरामद गरेको हो । बरामद लागूऔषध सहित थापालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

त्यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई दिउँसो मेचीनगर नगरपालिका ६ भन्सार कार्यालयको गेटबाट मे ३ प ८७७५ नम्बरको स्कूटरमा सवार चालक झापा शिव सताक्षी नगरपालिका ६ का २९ वर्षिय सुमन थापा र पछाडी सवार सोही स्थानका २७ वर्षिय क्षितिज पौडेललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लागूऔषध ४ ग्राम खैरो हेरोईन बरामद गरेको छ । पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर