RUMPUM
animated ellipse animated ellipse

नगरका द्वन्द पिडीतको माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० पुष २०७५, सोमबार १६:२९
3
Shares
पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे नगरभित्रका द्वन्द पिडीतहरुले आफुहरुको जिविकोपार्जनमा सघाउ पुग्ने योजना अघि वढाउन नगरपालिका कार्यालयसँग माग गरेका छन् ।

द्वन्द पिडीत परिवार साझा चौतारी नामक गैर सरकारी संस्थाको नामबाट अध्यक्ष रीता गिरीको अगुवाईमा द्वन्द पिडीतहरुले नगरपालिका प्रमुख दिलिपकुमार राईलाई त्यसखाले कार्य योजना अघि बढाउन मागपत्र पेश गरेका छन् ।

चौतारीले तात्कालिन माओवादी र सरकार पक्षको द्वन्दमा पिडीत बनेकाहरुको यकिन तथ्याङक संकलन गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी सहित जिविकोपार्जनका लागि सघाउने कार्यक्रम बनाउनु पर्ने कुरामा जोड दिएको उल्लेख छ ।

मागपत्र बुझिसकेपछि नगर प्रमुख राईले नगरपालिकाले वडा वडामार्फत द्वन्द पिडीतहरुको तथ्याङक संकलन कार्य अघि बढाएर कार्यक्रम तय गरिने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर