RUMPUM
animated ellipse animated ellipse

प्रणामी समाजद्धारा असायलाई जाडोमा कम्मल वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० पुष २०७५, सोमबार १६:१४
3
Shares
विराटनगर / श्रीकृष्ण प्रणामी यूवा परिषद प्रा स विराटनगरले आर्थिक अवस्था नाजुक भएका तथा असायहरूलाई कम्मल वितरण गरेको छ ।

समाजले विराटनगरको विभिन्न ठाउँमा पुगेर जाडोमा ओढ्ने न्यानो कम्मल असाय तथा सडकमा बस्दै आएका परिवारहरूलाई वितरण गरेका हुन् ।

विराटनगरस्थित कालिमन्दिर, बरगाछी, शनिमन्दिरलगायतको स्थानमा पुगेर ५० भन्दा बढी असायहरूलाई कम्मल वितरण गरेको कृष्ण प्रणामी यूवा परिषद विराटनगरका सचिव मदन लामिछानेले जानकारी दिए । समाजले यस अघि पनि यहाँ रहेको हस्पिटलका विरामी र कुरुवाहरूलाई निःशुल्क रुपमा साहाकारी भोजन गराएका थिए । हस्पिटलमा भर्ना भएका विरामी र कुरुवालाई भोजन गराएको कोइरालाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर