RUMPUM
animated ellipse animated ellipse

नेट रनरेटमा प्रदेश एक सेमिफाइनल प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ पुष २०७५, आईतवार २२:३३
3
Shares
सुनसरी / सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत ग्रुप डी बाट नेट रनरेटका आधारमा प्रदेश नम्वर एक सेमिफाइनल प्रवेश गरेको छ ।

इनरुवा खेल मैदानमा समूहको आफ्नो अन्तिम खेलमा प्रदेश ४ माथि रनरेटमा बाजी मार्दै प्रदेश नम्वर एक सेमिफाइनल पुग्न सफल भएको हो ।
सेमिफाइनलकालागि प्रदेश १ र प्रदेश ४ को नतिजा कुरेको एपीएफ भने प्रदेश एकको सनसनीपूर्ण जितसँगै घर फर्किएको छ । एपीएफ र प्रदेश नम्वर ४ ले समान एक–एक खेल जितेका थिए । अघिल्लो चरण प्रवेशकालागि प्रदेश एकलाई ठुलो रनरेटमा जितको खाँचो थियो ।

टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले ओपनर मिनास थापाको शतकको मद्यतमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९२ रन बनाउँदै जितकालागि प्रदेश ४ लाई २ सय ९३ रनको लक्ष दिएको थियो । सेमिफाइनलमा पुग्न प्रदेश एकले प्रदेश नम्वर ४ लाई १ सय ११ रनको स्कोरमा रोक्न आवश्यक थियो र अन्ततः उत्कृष्ठ बलिङ र फिल्डिङ गरेको प्रदेश १ ले अविश्वसनीय जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न सफल बन्यो । प्रदेश नम्वर ४ मात्र १५ दशमलव १ बल क्रिजमा टिक्न सक्यो । ६६ रनमा अलआउट पार्दै २ सय २६ रनको सनसनिपूर्ण जित निकालेसँगै प्रदेश नम्वर एक सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको छ । टिमलाई जित दिलाउन मनोज मण्डल र सिद्धान्त लोहनीले ३–३ विकेट चटकाउँदा दिपेश कंडेलले २ र पुष्प थापाले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर