classic

सद्भावको साधारणसभा सम्पन्न

खबर पूर्वाञ्चल, २८ पुष २०७५, शनिबार २२:३४

रंगेली / रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाको आज नौ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभामा आर्थिक बर्ष ७४/७५ को आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाले कुल ४ करोड ६७ लाख ६ सय १४ रुपैया लगानी गरेको छ । संस्थाले ९८ लाख ९३ हजार ६ सय ३६ रुपैयाँ कूल आम्दानी गरी कुल खर्च ९६ लाख ६ हजार ६ सय ६ रुपैया गरेको छ ।

संस्थाले २ लाख २९ हजार ६ सय १४ रुपैया शुद्ध मुनाफा समेत गरेको छ । कार्यक्रमको बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले प्रस्तुत गरेका थिए । लेखा समितीका लेखा प्रतिवेदन लेखा संयोजक धिरेन्द्रकुमार साहले प्रस्तुत गरेका थिए ।

संस्थाको ६ सय २८ सय जना शेयर सदस्य छन् । संस्थाले रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , धनपालथान गाउँ पालिकाका क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, फाईनान्सलाई वितिय कारोवार गर्दे आइरहेको छ । सो अवसरमा सस्थाले वृद्धबृद्धा, अपाङ्ग, असहाय,हरु मानिकच्नद ऋिषिदेव, झरिया सरदार , शिरतिदेवि पासवानलगायत ६७ जनालाई कम्वल बितरण गरेका थिए ।

त्यसैगरी २०७४ सालमा सामुदायिक विधालयबाट एसइइ परिक्षामा उत्कृष्ट छात्र ,छात्राहरुलाई प्रसंसा पत्र वितरण गर्नु को साथै कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी तथा कर्मचारी,स्थानीय यूवा उद्यमी विपिन मण्डललाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डल, रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डल, डिभिजन सहकारी कार्यालयका तोयानाथ तिम्सिना , सामुदाय प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल र शिशुपाल यादवलगायत बोलेका थिए ।

तपाईको प्रतिक्रिया

SAHAKARI
PABON BRT

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५