RUMPUM
animated ellipse animated ellipse

नेपालसँग चीन १० विकेटले पराजित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ पुष २०७५, शनिबार १४:३०
3
Shares
विराटनगर / थाइल्याण्डमा आजदेखि शुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ ।

नेपालले थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उदघाटन खेलमा चीनलाई १० विकेटले पराजित गरेको छ ।

चीनले दिएको ४९ रनको झिनो लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा सीता रानामगरले अविजत २३ रन तथा काजल श्रेष्ठले १४ रनको योगदान दिइन् । सीताले २५ बल खेल्दै तीन चौका प्रहार गरिन् । यस्तै काजलले एक चौका प्रहार गरिन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर ४८ रन बनाएको थियो । चीनका लागि झाङ चानले सर्वाधिक १३ रन बनाए पनि अन्य ब्याट्सवुमनले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

चीनलाई ४८ रनमा समेट्ने क्रममा नेपालकी करुणा भण्डारीले ३ विकेट र पूर्व कप्तान नेरी थापाले २ विकेट र लिइन् । करुणाले ४ ओभरमा ९ रन दिइन भने नेरीले ४ ओभरमा २ मेडन राख्दै ६ रन मात्र दिएकी थिइन् ।

अब नेपालले दोस्रो खेलमा आइतबार मलेसियासँग खेल्नेछ । त्यस्तै सोमबार युएइ र बुधबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर