RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ पुष २०७५, शुक्रबार २०:३६
3
Shares
विराटनगर / प्रदेश १ अन्तर्गत झापा, सुनसरी र मोरङ जिल्लामा छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

झापाको कन्काई नगरपालिका ३ टप्पु चोकमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । राती ११ बजेको समयमा सुरुङगा चम्पापुर भित्री सडक खण्डमा उत्तर तर्फ जाँदै गरेको मे ५ प ९१९८नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई कल्भटमा ठोक्किएको थियो । दुर्घटनामा परि मोटरसाईकलमा सवार चालक कन्काई नगरपालिका ३ का २१ वर्षका हप्पन मुर्मुको घटना स्थलमा नै मृत्यु भएको हो । त्यसैगरी सुनसरीको दुहबी नगरपालिका(४ मलहट्टीमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । दिउँसो पौने ४ बजे भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १९ प २४४३ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई बुढी पुलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि मोटरसाईकलमा सवार चालक दुहबी नगरपालिका ९ का २२ वर्षका अजय चौधरी, पछाडी सवार २० वर्षका जोगनारायण चौधरी र मोरङ बुढीगंगा गाउँपालिका ३ का २५ वर्षका उमेश थान्दार घाइते भएका थिए ।

दुर्घटनामा घाइते तीनै जनालाई उपचारको लागि स्थानीय जिवन ज्योती क्लिनिक दुहबी पठाईएकोथियो भने थान्दारलाई थप उपचारको लागि विराट नर्सिङहोम लगिएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । साथै मोरङको धनपालथान गाउँपालिका ३ भलुवा खोलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अपरान्ह पौने ५ बजे भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ खेतमा पानी पटाउने मेशिन बोकेर जाँदै गरेको को.२ त.४८६५ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परि ट्याक्टरका चालक भारत अररिया कुवाडी गाउँका ४० वर्षका अशोक सरदारको घटनास्थलमा नै मुत्यु भएको सिमा प्रहरी चौकी मायागंजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर