RUMPUM
animated ellipse animated ellipse

औषधि उपलब्ध गराउन माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ मंसिर २०७५, शुक्रबार २१:२५
3
Shares
विराटनगर। अनुवंशीय रक्तश्राव९हेमोफिलिया०रोगबाट पीडितहरुलाई निःशुल्क रुपमा औषधी वितरण गर्न माग गरिएको छ ।

नेपाल हेमोफिलिया सोसाईटीले आज विराटनगरमा आयोजित कार्यक्रममा उनीहरुले हेमोफिलिया रोगको औषधी महंगो भएकाले नियमित सेवनका लागि सरकारले निशुल्क उपलब्ध गराउन माग गरेका हुन् ।

सरकारले औषधी उपलब्ध गराएको छैन,सहज बजारमा औषधी खरिद गर्न पनि पाइन्न । नेपाल हेमोफिलिया सोसाईटी सुनसरीका अध्यक्ष पुष्पलाल तामाङले हेमोफिलिया रोगको औषधी धेरै मंहगो भएकाले सबै रोगीले किनेर खान नसक्ने अबस्था रहेको बताए ।

कार्यक्रममा हेमोफिलिया सोसाईटीका सदस्य डा।प्रेम देवानले राजधानी बाहिर हेमोफिलिया रोगको परिक्षण र उपचार सेवा नहुँदा समस्या भएको जानकारी दिए । डा देवानका अनुसार उपचारमा पहुँच नहुँदा दुर्गमका प्रभावितले रोग लुकाएर बस्ने अहिलेपनि बाध्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर