खबर पूर्वाञ्चल
चालकसमेत रहेका कार्कीको गाडी विराटनगर काकडभिट्टा रुटमा सञ्चालन हुदै आएको थियो । तर गाडी नचलेर ऋण तिर्न गाह्रो भएपछि मंगलबार राति ग्रामथान गाउँपालिका– ५ को मसान चोकमा आगो लगाएका हुन् ।
गाडीमा आगो लागेको भन्ने सूचना पाएपछि अनुसन्धान सुरु गरेको प्रहरीले बिमा बापतको रकम लिनका लागि आफ्नै गाडीमा आगो लगाएको खुलेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
गाडीमा आगो लगाएको खुलेपछि चालकसमेत रहेका कार्की र सहचालक नुवाकोट लिखु गाउँपालिका –५ का २५ को दिनेश बरुवाललाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।