RUMPUM
animated ellipse animated ellipse

आफ्नै गाडीमा आगो लाउने दुईजना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ मंसिर २०७५, बिहीबार २१:०३
3
Shares
विराटनगर / मोरङमा एक व्यक्तिले आफ्नै गाडीमा आगो लगाएका छन् । गाडी किनेको ऋण तिर्न नसक्दा रामेछाप मन्थली नगरपालिका– ५ का शम्भु कार्कीले बा ३ ख ८०७४ नम्वरको माइक्रो बसमा आगो लगाएका हुन् ।

चालकसमेत रहेका कार्कीको गाडी विराटनगर काकडभिट्टा रुटमा सञ्चालन हुदै आएको थियो । तर गाडी नचलेर ऋण तिर्न गाह्रो भएपछि मंगलबार राति ग्रामथान गाउँपालिका– ५ को मसान चोकमा आगो लगाएका हुन् ।

गाडीमा आगो लागेको भन्ने सूचना पाएपछि अनुसन्धान सुरु गरेको प्रहरीले बिमा बापतको रकम लिनका लागि आफ्नै गाडीमा आगो लगाएको खुलेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।

गाडीमा आगो लगाएको खुलेपछि चालकसमेत रहेका कार्की र सहचालक नुवाकोट लिखु गाउँपालिका –५ का २५ को दिनेश बरुवाललाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर