RUMPUM
animated ellipse animated ellipse

भारतीयलाई सिफारिस दिने वडा अध्यक्ष अर्यालसहित १६ लाई मुद्दा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ कार्तिक २०७५, आईतवार १८:५२
3
Shares
विराटनगर / भारतीय नगरिकलाई सिफारिस दिने विराटनगर १ नम्बर वडाका अध्यक्ष उद्धब अर्यालसहित १६ जनालाई मुद्दा दर्ता भएको छ ।

आज सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा मुद्दा दर्ता गरेको हो । झुठो विवरणमा सिफारिस गर्ने वडा अध्यक्ष अर्याल वडा सदस्य रमेश शाह र वडा सचिव पुष्पा तिम्सिनासहित आफ्ना छोराहरु हुन भनेर झुठा विवरण पेश गर्ने मोरङ कटहरी गाप १ का ५५ बर्षिय सत्यनारायण पोद्दारसहित नागरिकता लिने सात जना भारतीय नागरिक र झुठो विवरणमा सर्जमिन गर्ने पाँच जना नेपाली नागरिकलाई जिल्ला अदालत मोरङमा आज मुद्दा दर्ता भएको हो ।

उनीहरु सबैलाई अलग अलग ६ वटा अभियोग तयार गरि झुठा विवरण पेश गरि नेपाली नागरिकता लिएको कसुर अपराधमा अभियोग पत्र अदालतमा दर्ता गरिएको मोरङ अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर