पूर्वाञ्चल खबर
स्थानीय सरस्वती उच्च माविमा भएको समारोहबीच आज साधारण सभा सम्पन्न भएको हो । उच्च माविका प्राचार्य अशोक लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गाप्रसाद सुवेदीले संस्थागत प्रतिवेदन पेश गरेका थिए । यसैगरी लेखा समितिका संयोजक दिपेन्द्र कोइरालाले लेखा प्रतिवेदन पेश गरे ।
कार्यक्रममा ज्येष्ठ नागरिक डिल्लाीराम दाहाल, उत्कृष्ट वचतकर्ता माधव खतिवडा,उत्कृष्ट ऋणी बद्री चौधरी र गीता राईलाई सम्मान गरियो । कार्यक्रममा छत्रपति लुइँटेल, रुद्रबहादुर कार्की, रामप्रसाद न्यौपाने, गोपाल न्यौपाने, शरद लुइँटेल, खिलप्रसाद घिमिरेलगयातले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम संस्थाका सचिव भरत लुइँटेलले संचालन गरेका थिए ।