ग्रेडेड स्कूलमा खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी

खबर पूर्वाञ्चल, १६ श्रावण २०७५, बुधबार १४:३८

विराटनगर / विराटनगर – ८ मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी गरेको छ ।

स्कूलले पहिलो त्रैमासिक परीक्षाफल प्रकाशित भएको अवसर पारेर बुत्रबार खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी गरेको हो ।

प्रर्दशनीमा ६ देखि कक्षा ८ सम्मका ४० जना विद्यार्थीहरुले विभिन्न प्रकारका समाग्रीहरु प्रर्दशनीमा राखेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । विद्यार्थीहरुले कलात्मक तरिकाले बनाएको सामाग्रीहरु अवलोकन गर्न उनीहरुका अभिभाव, अतिथिहरुको उपस्थीति रहेको थियो । ‘विद्यार्थीहरुमा भएको प्रतिभलाई प्रस्फुट गर्न यस्तो प्रर्दशनीको कार्यक्रम राखिएको हो,’ स्कूलका प्रिन्सिपल सुवालले भने, ‘यस्ता कार्यक्रममा उनीहरुको क्षमता अभिवृद्धी हुन्छ ।’

विज्ञान पर्दशनीमा रोवोर्ट, होम सेक्यूरीटी मेसीन, एटीएम मेसीन तथा कागजबाट बनाएको हस्तकला तथा फलफुलबाट निर्मित समाग्री राखिएको स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५