RUMPUM
animated ellipse animated ellipse

प्रथम जिल्ला स्तरिय तेक्वान्दो डोजाङ्गको पथरीशनिश्चरेमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ असार २०७५, बिहीबार २१:१६
3
Shares
गोपाल काफ्ले
पथरी । मोरङको पथरीशनिश्चरेमा प्रथम पथरीशनिश्चरे जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ सो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

मोरङ जिल्लामा रहेका ९ ओटा क्लवले सहभागी जनाउने प्रतियोगीताको ४ उमेर समुहमा प्रतिस्प्रदा गराईने पथरीशनिश्चरे तेक्वान्दो डोजाङ्गका अध्यक्ष मिलन राईले जानकारी दिए । प्रतियोगितामा बिराटनगर , सुकुना, लक्ष्मिमार्ग, कानेपोखरी रमाइलो , गछिया, बिराटचौकको बिराट पूर्वाञ्चल, बेलबारी, गोठगाँउ र आयोजक डोजाङ्गको सहभागीता रहने सो प्रतियोगितामा प्रथम , द्दितिय र तृतीय हुनेलाइ क्रमशः स्वर्ण , कास्य र रजत पदक र प्रमाणपत्र प्रदान गरिने पथरी तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक बिनोद राइले जानकारी दिए ।

प्रतियोगितामा प्रायोजक नभेटिएकाले नगद पुरस्कार नरहेको राईले बताए । असार ३० गते शनिबार पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ मा रहेको नर्वदेश्वर शिवालय मन्दिरमा आयोजना हुने सो प्रतियोगितामा पुरुष तर्फ ४६ केजि , ४२ केजि, ३८ केजि र ३३ केजि तथा महिला तर्फ ४६ केजि , ४२ केजि र ३३ केजि उमेर समुहका खेलाडी बिच प्रतिस्पर्धा गराइने छ ।
राष्टिय स्तरका खेलाडी उत्पादन गर्न खेलाडीलाई प्रोसाहन गर्न प्रतियोगिता सन्चालन गरेको र खेलमा करिब एक लाख खर्च हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर