मोरङ जिल्ला पुुर्ण खोप शुनिश्चित जिल्ला घोषणा हुने

खबर पूर्वाञ्चल, २८ असार २०७५, बिहीबार १७:०९

विराटनगर / मोरङ जिल्ला पुुर्ण खोप शुनिश्चित जिल्ला घोषणा हुने भएको छ । जिल्ला खोप समन्वय समिति मोरङको आज वसेको वैठकले जिल्लालाई पुर्णखोप जिल्ला घोषणा गर्ने निर्णय गरेको हो ।

१५ महिना उमेर भित्रका जिल्लाका सवै वावालिकालाई रोग विरुद्ध लडने ११ प्रकारका सवै खोप लिइ सकेको अवस्थामा पुर्णखोप शुनिश्चित जिल्ला घोषणा गर्न सकिने वाल स्वास्थ्य विभाग महाशाखाका भरत भण्डारीले वताए ।

विराटनगरमा एक भव्य कार्यक्रमको आयोजनागरी पुर्ण खोप शुनिश्चित जिल्ला घोषणागर्ने तयारी भइरहेको जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले वताए । मोरङ जिल्लमा साविकको लखन्तरी गाविसलाई पहिलो पुर्णखोप गाविस घोषणा गरिएको थियो । अहिलेसम्म ५० वटा जिल्ला पुर्णखोप शुनिश्चित जिल्ला घोषणा भइ सकेको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.