डा.केसीको स्वास्थ्य अबस्था गम्भीर

खबर पूर्वाञ्चल, २७ असार २०७५, बुधबार ०८:०१
फाइल तस्वीर

काठमाडौँ / ११ दिनदेखि जुम्लामा अनसनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था झन् झन् खस्कदैँ गएको छ ।

डा.केसीको छातीको बीच भागमा दुखाई बढेको, कमजोरी भएको, चक्कर, वाकवाकी लाग्ने, पेट दुख्ने, मांशपेशी बाउँडिने, पिसाबमा किटोन बढी ५ प्लस, सेतो रक्तकोशिका क्रमिक रुपमा घट्दै गएको, रगतमा चीनीको मात्रा घट्दै गएको, रगतमा म्याग्नेसियमको मात्रा घट्दै गएको र मुटुको चाल तल माथी भइरहेको उपचारमा संलग्न डा.प्रवीणकुमार गिरी, डा. धिरज गुरुङ र डा. सिद्धार्थ खातीले मंगलबार जारी गर्नुभएको रिपोर्टमा उल्लेख छ ।

आज बुधबार बिहान उहाँको शरिरको सम्पूर्ण अवस्थाको परिक्षण गर्ने उल्लेख गरिएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले मंगलबार केसीको स्वास्थ्यसम्बन्धी माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन आफूहरु बाध्य हुने चेतावनी दिनुभएको छ ।

संघले ३ दिनदेखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । अध्यक्ष श्रेष्ठले डा केसीको मागलाई राजनीतिक आवरणबाट हेर्न नहुने धारणा राख्नुभयो ।

प्रा.डा.केदार भक्त माथेमा आयोगको मर्मअनुरुप नै चिकित्सा शिक्षा बिधेयक पारित हुनुपर्ने केसीको अडान छ । अाजकाे नेपाल समाचारपत्र दैनिकले यो खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५