RUMPUM
animated ellipse animated ellipse

स्वीडेनलाई पराजित गर्दै इंग्ल्याण्ड २८ वर्षपछि अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ असार २०७५, शनिबार २१:५४
3
Shares
विराटनगर / सन १९६६ को विश्व विजेता इंग्ल्याण्डले स्वीडेनलाई पराजित गर्दै रसियामा जारी विश्वकप फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ ।

रसियामा भर्खरै सम्पन्न सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा स्वीडेनको चुनौतीलाई २–० गोलले पन्छ्याउँदै २८ वर्षपछि इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यस अघि इंग्ल्याण्ड सन् १९९० सालमा सेमिफाइनलसम्म पुगेको थियो ।

इंग्ल्याण्डको जितमा हयारी मागुरे र डेल अलीले गोल गरे । कर्नर बलमा मागुरेले हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ १–० ले अग्रता लिएको इंग्ल्याण्डका लागि ५९ औं मिनेटमा डेल अलीले गोल गर्दै अग्रता दोब्बर पारे । जेसस लिंगाडको क्रसमा उनले हेडमार्फत बललाई जाली चुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर