विदेशको सिप नेपालमा सदुपयोग गर्दै यूवा

खबर पूर्वाञ्चल, २२ असार २०७५, शुक्रबार १७:३४

विराटनगर/ बैदेशिक रोजगारीबाट फकीएका युवाले होटल सञ्चालन गरेका छन् । आठ बर्ष दुबई र कतार बसेका विराटनगरका कृष्ण आचार्यले साथीसँगको सहकार्यमा २० लाख लागतमा होटल सञ्चालनमा ल्याएका हुन् ।

विराटनगर ८ हाटखोला चोकमा रहेको बसपार्क दक्षिण तर्फ आचार्य र सुरेन्द्रकुमार रायले संयुक्त रुपमा बैसाखदेखि होटल ‘रे स्टार फेमली रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएका हुन् । आठ बर्ष बिदेश बसेर आएका आचार्यले स्वदेशमा केही गरौ भन्ने सोचका साथ होटल सञ्चालनमा ल्याएको जानकारी दिए ।

होटलमा सेमिनार हल, पार्टीहल, मिटिङ हललगायत पारिवारीक बातावरण रहेको आचार्यको दावी छ । विराटनगर हाटखोला र आसपासको क्षेत्रमा स्तरीय सेवा प्रदान गर्नकालागि विदेशमा सिकेको सिपलाई सदुपयोग गर्न स्वदेशमा लगानी गरेको आचार्यले बताए । उनले आफूले विदेशमा रहदा होटल क्षेत्रमा अनुभव प्राप्त गरेकाले नेपालमा होटल सञ्चालन गर्न सुरु गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५