जलाउन लागेको शवसहित १७ मलामी नियन्त्रणमा

खबर पूर्वाञ्चल, १० असार २०७५, आईतवार ०७:०५

गोरखा / भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित निवेल घाटबाट प्रहरीले जलाउन लागेको शवसहित १७ जना मलामीलाई शनिबार नियन्त्रणमा लिएको छ ।

मृतकको हत्या आशंकामा प्रहरीले छोरासहित मलामीहरुलाई नियन्त्रणमा लिएको हो ।
एक साताअघि छोराको कुटाइबाट घाइते बनेकी आमाको शनिबार बिहान तीन बजेतिर मृत्यु भएको थियो । भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित माझथोकका ३५ वर्षीय राजेश विश्व (विक) ले ७४ वर्षीय आमा विधा विश्वलाई कुटपिट गरी घाइते बनाएका थिए । मदिरा सेवन गरेका राजेशले आमालाई कुटपिट गरेका थिए ।

शरीरका विभिन्न भागमा निलडाम भएकी विधाको मृत्यु सोही कुटपिटबाट भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शवलाई पोस्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ भने छोरा राजेशसहित अन्य मलामीहरुलाई घटनाबारे सोधपुछको काम भइरहेको डिएसपी भेषराज रिजालले बताए । आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५