RUMPUM
animated ellipse animated ellipse

एभरेष्ट स्कूलले देशकै नमुना स्कूल भवन बनाउँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ जेष्ठ २०७५, बिहीबार १६:४०
3
Shares
विराटनगर / विराटनगर – ६ शान्तिचौकमा रहेको एभरेष्ट सेकेण्डरी स्कूलले प्लसटुको कक्षाहरु अत्याधुनिक सुविधा सम्पन्न भवनमा पठनपाठन गराउने भएको छ ।

तीन बिघा क्षेत्रफलमा ५० करोडको लगानी गरी आउँदो कार्तिकसम्म भवन निमार्ण गरि सुविधा सम्पन्न भवनमा पठनपाठन गराउने भएको हो ।

स्कूल परिसरमा एभरेष्टले आज पत्रकार सम्मेलन गरी नयाँ बन्ने भवन नेपालकै नुमना र सुविधायुक्त हुने एभरेष्ट एजुकेशन फाउनडेसनको प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए ।

नयाँ बन्ने भवनको प्रत्येक कोठामा एसीसहितको रहने भएको छ भने स्कूल परिसरभित्रै स्पोर्टस भिलेज समेत रहने भएको छ । स्पोर्टस भिलेजमा फुटबल, टि.टी., भलिबल खेल्ने खेलमैदानको साथै स्वीमिङपुलसमेत रहने भएको छ । त्यस्तै ७ सय मानिस अटने क्षमताको सेमिनर हलसहित म्यूजिक डान्सको कक्षाहरु समेत रहने भएको छ ।

‘नयाँ भवन निमार्णको लागि पहिलो चरणमा ३१ करोड लगानी गरेका छौं,’ प्रिन्सिपल पुरीले भने, ‘त्यसपछि क्रमश लगानी गर्नेछौ । स्कूल स्थापना भएको २५ औं वर्ष भएको छ । यो २०७५ साल हामी रजत जयन्तीको वर्ष मनाउँदैछौं,’ उनले भने ।’

गुरुयोजनाको साथ अगाडी बढेको जानकारी दिदै पुरीले नयाँ भवनमा प्लसटुको कक्षाहरु सञ्चालन भएपछि ब्याचलरको कक्षाहरु पनि नयाँ भवनमै सुरु गर्ने जानकारी दिए ।

२०५० सालमा स्थापना भएको स्कूलले २०७२ सालदेखि प्लस टुको कक्षाहरु सञ्चालन गर्दै आएको स्कूलले जनाएको छ । प्लस टु सञ्चालन गरेको छोटो समयले एभरेष्ट नतिजा समेत उतकृष्ट ल्याएको छ । अघिल्लो वर्ष कक्षा १२ को परीक्षामा १ सय ११ जना विद्यार्थीले दिएको परीक्षामा १ सय ९ जना विद्यार्थी उत्तिण भइ ९८ दशवलप १९ प्रतिशत ल्याएको पुरीले जानकारी दिए । एभरेष्टमा प्लसटुतर्फ विज्ञान र व्यवस्थापन संकाय पठनपाठन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर